नेपाली कांग्रेसको पुरानो गौरवमय साख फर्काउन मेरो उम्मेदवारी हो : कुन्दन राज काफ्ले

नेपाली कांग्रेसका युवा नेता कुन्दन काफ्ले पार्टीको गुमेको साख फर्काउन चौधौं महाधिवेशनलाई उपयोग गर्न नेता कार्यकर्तालाई अपिल गर्दै केन्द्रिय सदस्य उम्मेदवारी दिएका छन् |

नेपाली कांग्रेसले आफ्नो पुरानो गौरवमय साख फर्काउने घडी आएको, विधिसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्ने बेला आएको,कठिन संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्रका उपलब्धिहरुलाई संस्थागत गर्नका लागि आफुले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको बताए |

काफ्लेले अब युवाहरुले कांग्रेसलाई हाँक्न तयार हुनुपर्ने पनि बताउदै ‘युवाहरुले कांग्रेसलाई हाँक्न पाएको खण्डमा यस पार्टीलाई नवजीवन दिने परिस्थिति निर्माण हुने, युवकहरूले विवेक र सहासपूर्वक अघि सरेर कांग्रेस नेतृत्वको काँध थाप्नुपर्ने बेला आएको बताउनु भयो | उनले कांग्रेसको गुमेको गौरव पुन:स्थापित गर्न युवा जोश, जाँगर, संघर्ष र होसको सदुपयोग गरिनुपर्नेमा पनि जोड दिनु भयो |

उनले आफूले राजतन्त्रविरुद्ध या कम्युनिष्टहरूसँग लड्दा पार्टीका लागि रगत बगाएको पनि स्मरण गर्दै आफुले पार्टीले दिएको जिम्मेवारी सदैव इमान्दारीसाथ निर्वाह गर्ने बताए | उनले आफू बीपी कोइरालाको सिद्धान्त, नीति र समाजवादलाई आफूले मार्गनिर्देश बनाएर हिँडेको पनि बताएका छन्।

त्यही मार्गनिर्देशनलाई अवलम्बन गर्दै १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको पनि उनले बताएका छन्। उनले सिद्धान्तप्रति प्रतिवद्ध, विचारमा स्पष्ट र आर्थिक पारदर्शितासहितको राजनीतिका लागि आफू सदैव तयार रहेको पनि बताएका छन्।