खोटाङ, १८ मंसिर | नेकपा माओवादी केन्द्र खोटाङ–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा गजेन्द्र राई चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न चौथो सम्मेलनले राईको अध्यक्षतामा ५५ सदस्यीय सम्पर्क समन्वय समिति गठन गरिएको हो ।
सम्पर्क समन्वय समितिको उपाध्यक्षमा मुना राई, तेज राई र दुर्गाप्रसाद भण्डारी, सचिवमा नित्यराज दाहाल र कोषाध्यक्षमा प्रेमिला राई चयन भएका छन् ।
सहसचिव भनेपछि मनोनयन गर्नेगरी हाललाई रिक्त राखिएको नेकपा माओवादी केन्द्र हलेसी तुवाचुङ नगर कमिटीका अध्यक्ष राजुविक्रम चाम्लिङले बताए । सम्मेलन नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टंक राईले उद्घाटन गरेका थिए ।