
काठमाडौँ | देशमा बढिरहेको महंगी , मुल्यवृद्धि , भ्रष्टाचार , एम सी सी (MCC) , बाबा रामदेव र न्यायालयको वर्तमान जस्ता स्थितिलाई छिटो भन्दा छिटो समाधान गर्न माग गर्दै हाम्रो कम्युनिस्ट पार्टी नेपालले राजधानी स्थित पत्रकार सम्मेलन गरिएको छ |
सम्मेलनमा बोल्दै पार्टीका अध्यक्ष हिरालाल भुजेल (गोबिन्द ) ले सरकार संग यो संविधान संसोधन गर्नु पर्ने , औद्योगिक कृषि क्रान्तिको सुरु गर्नु पर्ने , एम सि सि (mcc ) को बारेमा सरकारले स्पष्ट रुपमा जानकारी दिनु पर्ने जस्ता मागहरुको अपिल राखेका थिए , साथै सरकारले बाबा रामदेव लाई उपलब्ध गरेको जग्गा फिर्ता गर्नु पर्ने भन्दै स्वदेशको जडिबुटी स्वदेशमै सदुपयोग गर्नु पर्ने कुरामा पनि जोड दिएका थिए |
आफ्नो पार्टीले लगभग २१ हजार युवाहरुलाई स्वदेशमै रोजगारको सिर्जना गरेको दाबी गर्दै गोबिन्दाले यदि सरकारले चाह्यो भने सबै कुरा नेपालमै सम्भव रहेको बताए |
नेपालमा कम्युनिस्ट नभएको, तर कम्युनिस्ट नामको धाक लाउनेहरुले नक्कली कम्युनिस्टको खोल मात्र ओडेको अवसरवादीहरु रहेको आरोप लगाए । देशमा केही सच्चा र बास्तबिक कम्युनिस्ट पनि रहेको छ,तर यो कम्युनिस्टहरुले बर्तमन दलाल सरकारको दलीय ब्यवस्था र पुजिपती दलालहरुको संसदीय ब्यबस्थालाई कहिले नस्विकार्ने जिकिर गरे |
पत्रकार सम्मेलनमा पार्टीका केन्दीय सदस्य तेज नारायण चौधरी र बिद्या नन्द लेखिले पनि आ- आफ्न धारणा व्यक्त गरेका थिए |