संयुक्त बिद्यार्थी संगठन द्वारा नेपाल आयल निगमको मुल गेटमा धर्ना |

काठमाडौ १ म‌ंसिर | बर्तमान सरकारले दस दिनभित्र दुई पटक पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको हुँदा नेकपा क्रान्तिकारी माओवादी निकट जनवर्गीय मोर्चा र जनवर्गीय संगठनले आज नेपाल आयल निगमको मुल गेट अगडी धर्ना तथा घेराउ कार्यक्रम गरिएको छ ।

बर्तमान सरकारले पेट्रोलियम पदार्थ लगयत जनता संग सम्बन्धित गाँस बाँस र कपास जस्ता कुराको ख्याल नगरी जनताको टाउको माथी महङ्गि थोपरेको , पेट्रोल,मट्टीतेल , खान बनाउने ग्यास र डिजेलमा थप मुल्यवृद्धि गरिएको भन्दै धर्ना दिएका हुन् । केही दिन अगडी मात्र संयुक्त बिद्यार्थी संगठनले खाली सिलिन्डर सहित विरोध तथा प्रदर्शन गरेका थिए । चर्को दबाब पछी आयल निगाम वार्तामा बस्न राजी भएपनि वार्ता बिना कुनै निस्कर्ष टुंगिएको
अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल ले बताए |

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए अझ ससक्त रुपमा धर्ना तथा आन्दोलन गर्ने र सरकारलाई घुडा टेकाई छाड्ने बताए |