काठमाडौ / नेपाली काङ्ग्रेसलाई सशक्त रुपमा स्थानिय तवर देखि जिल्ला, प्रदेश हुँदै केन्द्रीय स्तर सम्मा बलियो र भाबी उदगम तथा बिकास हुने उद्देश्यको साथ दोलखा जिल्लाको उत्तरी शैलुङ गाउँ पालिका अन्तर्गत को युवाहरु एकीकृत भई नेपाली काङ्ग्रेस युथ शैलुङको निर्माण भएको छ ।
हालको परिबेशमा देशैभरी अब आउने मध्यवर्ती चुनाबको लागि पनि आफ्नो पार्टी मजबुत बनाउन, बिकासको एजेन्डामा आफ्नो शक्ति केन्दृत गरि जनमुखी सेवा प्रदान गर्न या स्थानिय जनतामाझ आफ्नो भुमिका प्रदर्शन गर्न , हरेक स्तर स स्थानहरुमा सबै पार्टिहरुको भातृ संगठन निर्माण गर्ने क्रम तीब्र रुपमा फैलिरहेको जताततै देखिन आएको छ। यसै क्रममा नेपाली काङ्ग्रेस पार्टी निर्माणमा युवाहरुको भुमिका र समग्र शैलुङ बिकासको लागि पार्टिको नेतृत्व अबको आवश्यकता बिषयक अन्तर्कृया तथा चियापन कर्याक्रम गरि औपचारिक रुपमा पार्टिको भातृ संगठन तरुणदल, नेबि संघ र पार्टिको विभिन्न तह तप्कामा रहेका उपस्थितिहरुको बिच सम्पन्न भएको थियो । जसमा युथ शैलुङ को भुमिका र पार्टी प्रती जिम्मेवार को पनि स्पस्टिकरण गरिएको थियो । औपचारिक कार्यक्रम नेपाली काङ्ग्रेस शैलुङ गाउँ पालिका सभापती दावा दोर्जे लामाको प्रमुख अथिती र युथ शैलुङको सभा- अध्यक्ष सुशान्त तामाङको अथित्यमा भएको थियो ।