अब कोरोना संक्रमण र मृत्यु दर घट्दै जान्छ :डा. शेरबहादुर पुन

1621

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका स’रुवा रोग विषेशज्ञ डाक्टर शेरबहादुर पुनले अब क्रमशः कोरो’ना सं’क्रमण दर घट्दै जाने बताउनु भएको छ ।
काठमाडौं उपत्यकामा यतिबे’ला को’रोना भाइर’सको दरउच्च विन्दुमा पुगेकाे तर अबका दिनमा संक्रमण घट्ने उहाँको भनाइ छ । निषे’धाज्ञा अगाडिको भीड’भाड र जमघटका कारण कोरोना भाइर’सको संक्रमण दर अहिले उच्च भएको तर अहिले निषे’धाज्ञा जारी रहेकाले को’रोना संक्र’मण दर घट्दै जाने उहाँको ठ’हर छ ।

उहाँले भन्नुभयो, अहिले को’रोना सं’क्रमण दरलाई अधिकतम विन्दु मान्न सकिन्छ, निषे’धाज्ञाअगाडि मानिसहरु मिस’मास भए । भीडभाड र जमघट भयो, त्यसैले कोरोना संक्र’मणको दर उच्च भएको हो । उहाँहरुले घरघरमा लगेर सं’क्रमण थप बढाउनुभयो । त्यही कारण को’रोनाले अहिले क्षमता प्रद’र्शन गरिहेको हो । तर अब निषे’धाज्ञा जारी छ र संक्रमण दर घट्दै जानेछ ।’अहिले निषे’धाज्ञाका कारण सामाजिक सम्पर्क नहुँदा पनि बढ्नुलाई पहिल्यैको गतिवि’धिसँग जोडेर हेर्नु पर्ने उहाँको भनाइ छ । पहिले सुरुवाति समयमै तरिका न’पुगेका कारण अहिलेको यो अवस्था भोग्नु परेको बताउदै उहाँले अहिले भने हेर्नु बाहेक अन्य वि’कल्प नहुने उहाँको भनाइ छ ।

एक दिन, दुई दिनको सं’क्रमण दरको तथ्याङ्क तलमाथि हुँदा त्यति फरक नपर्ने उहाँको भनाइ छ । दुई हप्तादेखि माथिको लामो समयावधि हेरेर तथ्या’ङ्क मानेर औसतमा हेर्दा त्यति फरक नदे’खिएकोले तत्काल कोरो’ना सं’क्रमण अब तीव्र बृद्धि हुने सम्भावना नभएको उहाँले न्यूज२४ सँगकाेकुराकानीमा बताउनुभयो । यद्यपि नि’षेधाज्ञालाई क’डाइ नगरे अवस्था यही हुन्छ भन्न नसकिने उहाँको भनाइ छ । अहिले परी’क्षण गरिएकामा औष’तमा ४० देखि ४५ प्रतिशत मात्रै कोरोना सं’क्रमित दर रहेको उहाँको भनाइ छ ।

संक्र’मितमध्ये २ प्रतिशतकाे मृ’त्यु
डा पुनले अहिले नेपालमा संक्र’मितमध्ये २ प्रतिशतकाे मृ’त्यु हुने गरेकाे बताउनुभयाे । संक्र’मितको अनुपा’त यस्तै स्थिर रहेमा मृत्यु’दर पनि घट्न सक्ने डाक्टर पुनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संक्र’मितको दर अहिले स्थिर छ । यसलाई राम्रो भन्न सकिन्छ ।

मृ’त्युदर पनि करिब-करिब २ प्रतिशत छ । धेरै परिवारका सदस्य संक्र’मित भइसक्नुभएको छ । तर स्ट्रि’क्ली यसरी नै गरियो भने त्यो पनि घट्न सक्छ । अब सं’क्रमित हुने ठाउँ त्यति छैन ।’ संक्र’मितभन्दा पनि मृ’त्युको प्रतिशतले महत्व राख्ने उहाँको भनाइ छ ।

समाज तथा परिवारमा को’रोना सं’क्रमण भए पनि आफूलाई सामान्य केही भएको परी’क्षण गराउदिनँ भनेर घरमै बस्ने गरेकोले परी’क्षण गरेकाहरुको सं’क्रमण प्रतिशतले त्यति महत्व नराख्ने डाक्टर पुनले बताउनुभयो । तर घरमा बस्नै नसक्ने र संंक्र’मणले जटिल अवस्थामा पुगेपछि मात्रै अस्प’ताल आएर परी’क्षण गराउँदा मृ’त्युसम्म हुने भएकोले उनीहरुको तथ्या’ङ्कले भने महत्व राख्ने उहाँको भनाइ छ ।

डा पुन भन्नुहुन्छ, ‘संक्र’मितको दर अहिलेको भन्दा बढी पनि होला । परी’क्षण गराउन नआएर त हो । सं’क्रमितको द’रले केही मान्यता राख्ला तर म के भन्छु भने संक्र’मितभन्दा पनि मृ’त्युको प्रतिशत महत्वपूर्ण लाग्छ । किनभने कोही मानिसहरु जटिल भयो भने घरमा भन्दा अस्पताल आउन चाहन्छ । कति प्रतिशत मृ’त्यु भयो भन्ने त्यसबाट देखिन्छ ।

तर कोही मान्छे सं’क्रमित भयो भने सबै परिवारले परीक्षण गर्ने अवस्था छैन । कोही मलाई केही भएको छैन, सामान्य केही मात्रै भएको भनेर परीक्ष’ण गराउँदैनन् । उता मृ’त्युचाहिँ बाध्यता हो । उसलाई संक्र’मणले च्या’पेर अस्पताल पुग्न बा’ध्य बनाएको हुन्छ ।’

‘टेकुमा अ’क्सिजनको अ’भाव छैन’
उहाँले अहिले टेकु अस्प’तालमा अक्सि’जनको अ’भाव नरहेको पनि बताउनुभयो । तत्काललाई अ’क्सिजन अ’भाव नभए पनि अलिक पछिको लागि भने यही अवस्था हुन्छ भनेर अहिले भन्न नसकिने उहाँको भनाइ छ ।

त्यस्तै टेकु अस्पतालमा अहिले को’रोना सं’क्रमितको चा’प पनि कम हुदै गएको उहाँले बताउनुभयो । अहिलेको लागि अ’क्सिजन अभा’व छैन,’ उहाँले भन्नुभयाे, ‘तर बिरा’मीलाई निर’न्तर अक्सिजन चाहिने भएकोले आगामी दिनमा के हुन्छ भनेर भन्ने अवस्था भने छैन ।’

निषे’धाज्ञालालई पूर्ण पालना गर्न सके कोरो’ना संक्र’मणको स्थिति घट्ने तर हेल’चेक्य्राइँ गरे को’रोनाको सानो रहेको चक्रले पनि फेरि तहस’नहस पार्न सक्ने हुँदा सबै सचेत रहन उहाँ अनुराेध गर्नुहुन्छ । गत वर्ष पनि ल’कडाउन लामो समय गरिएकोले केही हदसम्म निय’न्त्रणमा आएको तर पछि यस्तो अवस्था आएको बताउँदै फेरि लाप’रबाही नहोस् भन्ने चाहना आफूमा रहेको उहाँले बताउ’नुभयो । न्यूज २४ बाट

Previous articleखुल्यो यस्तो रहस्य, कलाकार भीमा मैनालीका छोरा यसरी मारिएको रहेछ, सीसीटीभी फुटेज सहित
Next articleविपक्षीसँग ङिच्च दाँत देखाएर एमालेको वरिष्ठ नेता भन्दै हिँड्ने ?:प्रधानमन्त्री ओली

Leave a Reply