म्यासेन्जरबाट सोधियो माधव नेपालका तीन सांसदलाई स्पष्टीकरण

701

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण सोध्नुभएको छ । अध्यक्ष ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सांसद गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई सामाजिक सञ्जाल म्यासेन्जरबाट स्पष्टीकरण सोधेका हुन् ।

अहिले कोरोना महामारी भएकाले भौतिक रुपमा पत्र पठाउन असम्भव भएकाले म्यासेन्जरबाटै स्पष्टीकरण सोधिएको तामाङले बताएका छन् । उनका अनुसार तीनै जनाले जवाफ दिइसकिएको छ ।

स्पष्टीकरणपछि सकारात्मक रुपमा स्पष्टीकरण आएको र तीन जनाको जवाफ अध्यक्षलाई दिइसकिएको पनि उनले बताए । स्पष्टीकरण पत्रमा नयाँ राजनीतिक दल खोल्ने र पार्टी हित विपरीत गतिविधिमा लागेको हो ? भनेर सोधिएको छ । र, यदि त्यसो हो भने सांसदबाट कारबाही किन नगर्ने भन्ने पनि सोधिएको छ ।यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको थियो ।

Previous articleपहेँलो धातुसहित त्रिभुवन विमानस्थलबाट पाँच पक्राउ
Next article३९ जनाको बचाउ गर्न पुनः अध्यादेश जारी

Leave a Reply