प्रधानमन्त्री ओलीलाई सघाउने या काँग्रेस माओवादी गठबन्धनमा सामेल हुने भन्ने बिषयमा आन्तरीक विवादमा रहेको जसपाको बहुमत सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध अविस्वासको प्रस्तावको पक्षमा उभिने भएका छन् । बाबुराम भट्टराई र उपेन्द्र यादवको पहलमा बसेको केन्द्रीय कार्यकारीणी समितिको बहुमतले यस्तो निर्णय गरेको हो । यस्तो बैठक महन्त ठाकुर र राजेन्द्र महताको सहमति विनै राखिएको थियो । उनीहरुले बैठक राख्न अस्वीकार गर्दै आएका छन् ।
यो बैठककै क्रममा कुल ३४ सांसद मध्य १८ जनाले अविस्वासको प्रस्ताव बिरुद्ध उभिन हस्ताक्षर गरेको एक नेताको दाबी छ । जसपामा पूर्वराजपा र पूर्वसमाजवादीका १७–१७ सांसद थिए । तर दुवै पक्षका एक(एक जना सांसद निलम्बनमा परेका थिए । अहिले पूर्वसमाजवादी पार्टी पक्षमा १८ जना सांसद रहेको र कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएमा त्यो संख्या बढ्ने पनि बताईएको छ । ठाकुर र महतो प्रधानमन्त्री ओलीसँगै सहमति गर्न लागि परे पनि भट्टराई र यादव भने प्रधानमन्त्रीलाई हटाउनु पर्ने पक्षमा रहँदै आएका छन् । यो स्थितिले जसपा विभाजित हुन सक्ने संभावना बढेको छ ।