
पछिल्लो समय सुगर ( डाईवेटिज)का रोगीहरुको संख्या ह्वात्तै बढीरहेको छ । खानपान र जीवन शैलीमा आएको परिवर्तनसगँै यो रोग डरलाग्दो रुपमा देखा परीरहेको छ । यसले विस्तारै शरीरका आँखादेखि मृगौला सम्म पनि क्षति पुर्याएर ज्यानै लाने गरेको छ । यस रोगप्रति अत्यन्त सावधान रहनु पर्ने देखिन्छ । यस रोगले सबै भन्दा पहिला शरीरका विभिन्न अंगहरुलाई खोक्रो पार्दै लगेर मानिसको ज्यान लिने गर्दछ । हाई ब्लड सुगरका कारण बिरामीहरुलाई दिक्क लाग्ने, मुख सुक्ने, थकावट लाग्ने,खुट्टा सुन्निने जस्ता प्रारम्भिक चेतावनी दिने गर्दछ । यसले शुरुमा आखाँको रेटिनामा रहने कोशिकाहरुलाई ड्यामेज पार्दै आखाँ धमिलो बनाउने र अन्ततः मानिस पुरै अन्धो बन्न सक्छ । त्यसै गरी हाईब्लड सुगर अर्थात डाईबेटिजले अधिकाशं बिरामीको मृगौला फेल गराउने चान्स धेरै हुन्छ । एक पटक मृगौला फेल भए पछि डायलासीस या मृगौला प्रत्यारोपण बाहेक बाँच्ने अरु उपाय रहँदैन ।
यस्तै सुगरले रक्तकोशीकाहरुमा क्षति गर्दै गए पछि अन्ततः छालालाई पनि नोक्सान पुर्याउदछ । यसले खुट्टा पनि सुन्निने समस्या विस्तारै निम्त्याउदछ ।
सुगरले निम्त्याउने अर्को खतरा भनेको मुटुको समस्या हो । हाई ब्लड सुगरका कारण विस्तारै मुटुमा समस्या हुन्छ । यसले हृदयघात या हृदयरोग बढ्ने चान्स रहन्छ ।
यसबाट बच्न के गर्ने ? विज्ञहरुका अनुसार जंक फुड सबै भन्दा पहिला बन्द गर्नु पर्दछ । नियमित स्वस्थ्य खानपान र फाईबरयुक्त खानेकुराहरु खानु पर्दछ ।
मादक पदार्थ, बढी प्रोटिन र कार्बोहाईड्रेड युक्त खाने कुराहरु बन्द गर्नु पर्दछ । नियमित पशिना निस्कने गरी व्यायाम गर्नु पर्दछ । जसले सुगरको मात्रालाई नियन्त्रण गरी सरल जीवन बाँच्न सकिन्छ ।