नर्मल रुपमा जन्मेका बच्चा र अप्रेशनबाट जन्मेका बच्चा फरक हुने गर्दछन् । यस्तो हुनुको कारण कमैलाई मात्र जानकारी छ । नर्मल बच्चा जन्मँदा आमाको योनी भजाइनाबाट तरल पदार्थ निस्कने गर्दछ, यस्तो किसिमको तरलपदार्थमा बच्चाको रोगसगँ लड्ने क्षमता हुन्छ , जुन बच्चा अपरेशनबाट निकालिएका हुन्छन् ती बच्चामा यस्तो शक्ति हुदैन् ।
यो कुरा गरिरहँदा धेरैले सोच्ने गर्दछन् कि बच्चाको रोगसगँ लड्ने क्षमता बढाउनको लागी यस्तो तरल पदार्थ बच्चालाई लगाइदिनुपर्ने हो?पछिल्लो समयमा भजाइनल सिडिङ्गको चलन निकै बढेको देखिएको छ यस्तो उपाय स्थायी उपाय होइन । भजाइनल पिसडिङ्ग बच्चाको सबै आवश्यकता पूरा गराउनु रहेको हुन्छ । यस्तो आवश्यकता जन्मजात प्राप्त गरेका हुदैनन् । जन्मने समयमा आमाको योनीबाट निस्कने तरल पदार्थ र ब्याक्टेरियाको सम्पर्कमा आउनु एकदमै जरुरी हुन्छ।
ब्रिटेनको बर्मिग युनिभर्सिटीमा यस विषयमा एक रिर्सच गरिएको थियो । यसबाट के पत्ता लागको थियो भने नर्मल डेलिभरी भएको बच्चा र अप्रेशन गरिएको बच्चामा फरकपना । नर्मल डेलिभरीका बेला भजाइनबाट जन्मेका बच्चामा कम्तिमा एक वर्षसम्म रोगसगँ लड्ने क्षमता हुन्छ भने अप्रेशनबाट जन्मेका बच्चामा बच्चामा रोगसगँ लड्ने क्षमता कमी भएको पाइयो ।
समान्य रुपमा जन्मेका नवजात शिशुहरुको आमाको योनी र आन्दामा पाइने ब्याक्टेरियासगँ भेट हुन्छ, भने सिजेरिउन डेलिभरीबाट जन्मेका बच्चाको ब्याक्टेरियासगँ छालामा पाइने ब्याक्टेरियासगँ हुने गर्दछ । बर्मिघम युनिभर्सिटीका प्रोफेसरपिटर ब्रोकेलहर्स्टले बताएका छन् कि अप्ररेशनबाट जन्मेका बच्चामा स्वासप्रश्वाससगँ सम्बन्धी समस्या एकदमै चाडो आउँछ र एलर्जीसगँ लड्ने क्षमता पनि हुन्छ ।
मानिसको शरीरमा पाइने कोशिकामा रहेका ब्याक्टेरीया, भाइरस , सिगंल सेलावाला जीवन आर्कियामा नबाडिएमा यसको परिमाण चकित बनाउने खालको आउने गर्दछ । मानिसको शरीरमा कुल कोशिकाहरुमा जम्मा ४३ प्रतिशत मात्रै मानिसको शरीरको सेल्स हुन्छ भने अन्य जीवहरुको हुन्छन्, त्यस्तै मानिसको कोशिकाहरुमा २० हजार जीनोम हुन्छन् र त्यसबाट कुनै पनि मानिसको बनावट निमार्ण हुनेगर्दछ ।
हामीले हाम्रो शरीरमा पाइने ब्याक्टेरियाबिना जीनोमलाई जोडिदिएमा हाम्रो शरीरमा करिब दुई करोड ससाना जीवहरुको जीन हुन्छ । यसलाई दास्रो जीनोम अर्थात् बायोडाटा मनिन्छ । बायोडाटा यस्तो जीनोम हो यसले एलर्जी मोटोपना , डिप्रशन , भुल्ने समस्या र रोगमा औषधी पारेको असरको बारेमा तय गर्ने गर्दछ ।
युनिभर्सिटी कलेज लण्डनका प्रोफेसरले भनेका छन्, माइक्रोबायोम बच्चाको लागी एकदमै महत्वपूर्ण रहको छ किनभने यसले बच्चाको शरीरमा रोगले आक्रमण गर्दा यसबाट कसरी बच्ने भन्ने कुरा सिकाउँछ ।
बच्चा जन्मेको पहिलो हप्ता वा महिनामा इम्युन सिस्टम तिब्रताको साथमा बलियो भएका हुन्छन्, यस्तो अवस्थामा बच्चालाई एन्टिबायोटिक दियो भने माइक्रोबायोडाटाको आफ्नो काममा अवरोध आउन सक्छ र परिणास्वरुप बच्चाको इम्युन सिस्टम कमजोर हुन जान्छ, यस्ता किसिमका बच्चालाई रोगले चाडै समाउँछ । त्यसैले पछिल्लो समयमा बच्चालाई स्वस्थ राख्नको लागी भजाइनल सिडिङ्गको चलन बढेको छ ।
एक अध्ययनबाट के कुरा साबित भएको छ भने घरमा कुकुर छ भने त्यो घरको बच्चालाई स्वास फर्ने कम असहज हुन्छ, किनभने कुकर बाहिर जाँदा घरबाट खुट्टामा माटोलिएर आउँछ । माटोमा कयौ प्रकारका किटाणु हने कारणले बच्चामा रोगप्रतिरोधात्मक क्षमतासगँ लड्ने क्षमताको विकास हुन्छ ।खासगरी राम्रो ब्याक्टेरियाहरु दुई किसिमका रहेका हुन्छन्, यस्ता ब्याक्टेरिया आमरुपमा पाउन सकिन्छ । उक्त ब्याक्टेरियाको नाम हो ओसिलोपस्परा र रुमिनोकोकस । ओसिलोस्पिराले इन्युन सिस्टमको बलियोपनासगँ सम्बन्धीत छ भने रुमिनोकोकसले एलर्जीसगँ लड्ने क्षमता दिने गर्दछ ।