अध्यन भन्छ- माउथवासले ३० सेकेन्डभित्र कोरोनाभाइरसलाई मार्न सक्छ

 मुख कुल्ला गर्ने माउथवासले ३० सेकेन्डभित्र कोरोनाभाइरसलाई मार्ने प्रयोगशालामा गरिएको एउटा अध्ययनले देखाएको छ। कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले माउथवाससँगको संसर्गले भाइरसलाई नष्ट गर्न सहयोग पुग्नसक्ने ‘आशाजनक सङ्केतहरू’ पाइएको बताएका हुन्।

युनिभर्सिटी हस्पिटल अफ वेल्समा कोभिड-१९ का बिरामीमाथि गरिएको एउटा उपचारात्मक परीक्षणअघि उक्त विवरण आएको हो। डा. निक क्लेडन उक्त अध्ययनले मानिसहरूको दैनिकीमा ‘माउथवास’लाई एउटा महत्त्वपूर्ण हिस्सा बनाउन सक्ने बताउँछन्।

अध्ययनले र्‍यालमा रहेका भाइरसलाई माउथवासले मार्न सहयोग गर्न सक्ने देखाए पनि यसलाई कोरोनाभाइरसको उपचारका लागि प्रयोग गर्न सकिन्छ भन्ने कुनै पनि सङ्केत पाइएको छैन किनकी यो श्वासप्रश्वासको नली र फोक्सोसम्म पुग्दैन। बीबीसी