पार्टीभित्रै आरोप लागेपछि ओलीलाई हटाउनैपर्छ : बाबुराम भट्टराई

saajhaonline

जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्दै भट्टराइले यस्तो बताएका हुन्। 

पार्टीभित्रको झगडा नेकपाको आन्तरिक कुरा भएपनि ओली सरकार असफल भैसकेको र पार्टीबाट पनि उक्त आरोप आइसकेको भन्दै उनले ओलीलाई पदबाट हटाउनुपर्ने बताएका हुन। 

‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ है: १.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन;२.  ओली सरकारको असफलता/भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ,’ भट्टराईले लेखेका छन्।  

babu.JPG