राष्ट्रिय प्रजातन्त्र पार्टी “संयुक्त” ले पाए कानुनी रुपमा राजनीतिक दलको मान्यता ।।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले अब देखि कानुनी रुपमा राजनीतिक दलको मान्यता पाएको छ ।

संयुक्त पार्टीको पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वका दुई पार्टी मिलेर बनेको राप्रपा संयुक्तलाई निर्वाचन आयोगले कानुनीरुपमा उक्त राजनीतिक दलको मान्यता प्रदान गरिएको हो । यो संयुक्त पार्टीको चुनाव चिन्ह ‘हलो’ नै रहनेछ, फेरि पनि ‘हलो’ चिन्ह प्राप्त गर्नु पार्टीको लागि गौरवको विषय भएको राप्रपा संयुक्तका अध्यक्षद्वय जबरा र डा. लोहनीले बताएका हुन् ।

पार्टीले वैधानिकता पाएसँगै विज्ञप्ति प्रकाशित गरी अध्यक्षद्वयनीले देशमा समानता र पूर्ण धार्मिक स्वतन्त्रतालाई कायम राख्दै नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गर्ने एजेण्डामा कि्रयाशील हुने पनि बताएका छन् ।