काठमाडौं – स्वतः प्रतिनिधि र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय सच्याउन दवाब दिने उद्देश्यले नेपाली कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरु भेला काठमाडौंमा हुँदैछ ।
गत फागुन १२ गते केन्द्रीय समितिले स्वतः प्रतिनिधि चयन हुने व्यवस्थासहितको विधान पारित गरेको थियो ।
महासमिति बैठकमा भएको सहमति विपरित केन्द्रीय कार्यसमितिले सो प्रावधानसहितको विधान पारित गरेको भन्दै संस्थापन इतरका जिल्ला सभापतिहरुले बिरोध गर्दै आएका छन् ।
महासमिति बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषय ठूलो मतका साथ उठे पनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी निर्णय गरेको थियो ।
भेलामा ५० बढी जिल्ला सभापति सहभागी हुने दावी असन्तुष्टहरुको छ । उनीहरुले विधान छाप्नु अघि नै आफूहरुको मागसहितको ज्ञापनपत्र नेतृत्वलाई बुझाएर दवाब दिने रणनीति बनाएका छन् ।
साङ्गठनिक गतिविधिका सम्बन्धमा पार्टीले लिनुपर्ने निर्णयबारे पनि छलफल हुने बताइएको छ ।
उता स्वतः प्रतिनिधि र आरक्षणको व्यवस्था खारेजबारे यसअघि समान धारणा राख्दै आएपनि केही जिल्लाका सभापतिहरुले भने भेला बोलाएको प्रति संस्थापन निकट जिल्ला सभापतिहरुले असन्तुष्टि जनाएका छन् ।
भेलामा ५० बढी जिल्लाका सभापतिहरु सहभागी हुने दाबी गरिएको छ । भेला भोलीसम्म चल्नेछ ।