यस्तै छ हाम्रो ल्होछार सार्वजनिक ।

काठमाडौँ । नयाँ साल तामाङहरुको महान चाड ल्होछारको अवसर पारेर “यस्तै छ हाम्रो ल्होछार” गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मन्त्र मोनलम “MANTRA MONLAM” युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त गित लामा गुरु रिन्जिन योन्जनको हो । मौलिक रमाइला सस्कृती मिसिएको शब्दहरुले भरिएको शब्द र स्वर स्वयम् गायक रिन्जिन योन्जनकै रहेको छ । यस गीतमा प्रकाश तामाङले संगीत भर्नु भएको छ भने मिन्शिङ स्टुडियोमा रेकर्ड भएको गितको मिक्सिङ प्रयास दोङले गर्नु भएको हो । यस गितलाई लामा गुरु रिन्जिन र जितु लोप्चनले स्वर भरेका हुन ।

भिक्रम लुङ्वाको छ्याङ्कन रहेको भिडियोलाई युद्द लामाले  निर्देशन गरेको हुन ।  तामाङ चलचित्र म्युजिक भिडियोको चर्चित कलाकार अमिर दोङको उत्कृष्ट अभिनयले भिडियो रोचक बनेको छ । त्यसैगरी छेवाङ लामा, अम्बिका तामाङ र सृजना तामाङको मुख्य अभिनय रहेको भिडियो पछिल्लो समय चर्चामा रहेको छ ।

गुरु लामा रिन्जिनको यो पहिलो प्रस्तुती रहेको म्युजिक भिडियो हाल आफ्नै अफिसियल च्यनल मन्त्र मोन्लम बाट सार्वजनिक भएको हो ।