रामेछाप । रामेछाप जिल्ला, मन्थली नगर, वडा न.१३ फुलासी (पल्लो गाउँ) भन्ने ठाउँमा बा.४ ख ७५३७ नम्बरको मालबाहक गाडी दुर्घटना भएको छ।
रोकक्तालीबाट धारे खोला फुलासी तिर गइरहेको गाडी करिब ११:३० बजे तिर अचानक वडा न.१३ (पल्लो गाउँ) को घुम्तीमा दुर्घटनामा परेको जानकारी १४ न.वडा सदस्य श्याम काजी मगर र स्थानीयबासि दिल कुमार तामाङले बताउनु भएको छ।
दुर्घटनाको कारण भन्ने अहिले सम्म खुल्न सकेको छैन। उक्त दुर्घटनामा परी चालक कुमार बोहरा सहित तीनजना घाइते भएका छन भने चालकको अबस्था गम्भीर रहेको छ। घाइतेहरूलाई उपचारको लागि काठमाडौँ पठाइएको छ ।