दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा समसामयिक राजनीतिक साक्षात्कार तथा भेटघाट कार्यक्रम सम्पन्न

काठमाडौं, । नेकपा (माओवादी केन्द्र) दोलखा र दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा समसामयिक राजनीतिक साक्षात्कार तथा भेटघाट कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका केन्द्रिय नेता तथा प्रतिनिधि सभा सदस्य गंगा कार्कीको प्रमुख अतिथिमा कम्युनिस्ट नेता महेन्द्र बहादुर कार्कीलाइ स्वागत गरेको छ ।

कार्यक्रममा गंगा कार्कीले महिन्द्र बहादुर कार्कीलाइ पार्टीको “अभिभावक”को रूपमा स्वागत गर्दै लामो समयदेखि उहाँको खाचो पार्टीमा रहेको बताए। देश गम्भीर संकटमा रहेको बेला पार्टीलाई सशक्त बनाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने उहाँले बताउनुभयो। “समाजवादतर्फको यात्रामा हामीले शान्तिपूर्ण ढंगले अघि बढ्नु पर्छ,” कार्कीले जोड दिनुभयो।

कार्यक्रममा नेकपा माओवादी केन्द्र दोलखा इन्चार्ज विशाल खड्काले महिन्द्र बहादुर कार्कीलाई अभिभावकको रूपमा पाउँदा उत्साहित भएको प्रतिक्रिया दिए। उनले भने, “हामी पहिले अधुरो थियौं, अब उहाँको नेतृत्वमा हाम्रो यात्रा अझ स्पष्ट भएको छ।”

दोलखाको राजनीतिक सन्दर्भ उठाउँदै खड्काले नेकपा एमालेमाथि आरोप समेत लगाए। उनले भने, “मध्य पहाडी लोकमार्ग दोलखा नपर्नुमा दोलखाबासीमाथि अन्याय भएको छ। विकासका अधिकांश काम माओवादी केन्द्रकै पहलमा भए तापनि एमालेले विभिन्न फण्डहरू निकालेर बामपन्थी आन्दोलनमा फुट ल्याउने प्रयास गरिरहेको छ ।

कम्युनिस्ट नेता महेन्द्र बहादुर कार्कीले कार्यक्रममार्फत भावुक हुँदै १५ वर्षसम्म पार्टी र जनताबाट टाढा रहँदा गुमाएको मित्रता र अनुभवको स्मरण गर्नुभयो। “अब म तपाईहरूका बीच रहन पाएको छु,” उहाँले भने, “राजनीति अब ५० वर्ष मुनिका पुस्ताले गर्नुपर्ने समय आएको छ।”

कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, कार्यकर्ता र युवा नेता सहभागी थिए।