नेपाल कम्युनिस्ट पार्टी को नाम परिवर्तन गरी “कम्युनिस्ट समाजवादी पार्टी नेपाल”

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी को नाम परिवर्तन गरी “कम्युनिस्ट समाजवादी पार्टी नेपाल” राखेको छ । संयोजक हरिकृष्ण गजुरेल ‘भाष्कर’को संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय समिति निर्माण गरिएको छ ।

राष्ट्रिय मुक्ति क्रान्ति’को विचारलाई जनता समक्ष पुऱ्याउनको लागि राष्ट्रिय मुक्ति एकता अभियान’ सञ्चालन गर्ने, बाह्य शक्तिहरुको हस्तक्षेप र आन्तरिक शोषण विरुद्ध जनतालाई सुसूचित गर्ने, वर्तमान दलाल संसदीय व्यवस्थाबाट मुलुकलाई मुक्त गरी स्वाधीन, समृद्ध र कानुनी राज्यको लागि समाजवादी गणतन्त्रात्मक व्यवस्था र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको निम्ति सशक्त ढङ्गले गतिविधिलाई अगाडि बढाउने पार्टीको उद्देश्य रहेको प्रेस वक्तव्यमा भनिएको छ ।

जनतालाई गाँस, बास, कपास र रोजगारीको सुनिश्चितता एवं शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क र सर्वसुलभ गराउन सङ्घर्ष सञ्चालन साथै पार्टीको विचारमा सहमत हुने समूह र व्यक्तिहरुलाई पार्टीमा ध्रुवीकृत गरि राजनीतिक एवं वैचारिक रुपमा निकट पार्टीहरुसँग कार्यगत एकता, संयुक्त मोर्चा हुँदै पार्टी एकताको लागि समेत पहल गरिने र अवको विकल्प समाजवादी गणतन्त्र एवं प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली’ भन्ने मूल नारालाई जनताको बीचमा स्थापित उल्लेख गरिएको छ ।