काठमाडौं। गायक ओम गुरुङ र गायिका अनु ढकालको “पछयौरिको सप्को ” बोलको गीत सार्वजनिक गरिएको छ । विगत लामाे समय देखि गीत संगीत तथा कलाकारिता क्षेत्रमा योगदान दिदै आउनु भएका निर्देशक तथा सम्पादक जोन राई ले पछिल्लो समय ” पछयौरिको सप्को “नामक गीत सार्बजनिक गर्नु भएको छ।
गीतमा सुनिता लामा र राम शरण श्रेष्ठ को अभिनय रहेकाे छ । गीतमा दुई मायालु जोडीको भावनामा लाई निकै रोमान्टिक रुपमा प्रस्तुत गरिएको देख्न सकिन्छ । गीतको शब्द तथा संगीत रवि मल्ल को रहेको छ भने भिडियो निर्देशन जोन राई गर्नु भएको छ भने भिडियो को कोरियो ग्राफरको पाटो समेत सोयम निर्देशक जोन राईले समाल्नु भएको छ ।
एरेन्जर राजु खड्काको रहेको छ भने मिक्सिङ आर बि लामा ले गर्नु भएको छ । उक्त गतिले युटयुबमा राम्रो प्रतिक्रिया पाइरहेको छ । Semjong Film युटयुब च्यानल मार्फत सार्बजनिक गरिएको गीतले पछिलो समय राम्रो प्रतिक्रिया पाउनुको साथै दर्सकको साथ समेत राम्रो पाएको देखिन्छ ।