
मानवी मोक्तान
असार २९
धनकुटाका ४ जनाले आमाको नामबाट वंशजको नागरिक्ता पाएका छन् । आमाको नामबाट नागरिक्ता पाउनेहरुमा जिल्लाको धनकुटा नगरपालिका वडा नं ७ कि तारा तामङका छोराहरु नरेश तामाङ,गणेश तामाङ, ओम तामाङ र छथरजोरपाटी गाउपालिका वडा नं ५ का दिलमाया लिम्बुकी छोरी सागर लिम्बुका पत्नी गौरी लिम्बू रहेकाछन् । ताराका छोराहरुको नागरिक्ता बनाउन २०७८ चैत १० गते रिट निवेदवन दिईएकोमा बुबाको राष्ट्रियता खुल्ने कुनै कागजात नभएकोले दरपीठ दिईएको थियो ।
सोही दरपीठको आधारमा उच्च अदालत विराटनगर धनकुटा ईजलाशमा उनिहरुले आमाको नाम बाट नागरिकता पाउ भनि परमादेश जारी गरेपछि उच्च अदालात विराटनगर धनकुटा इजालसले यहि मिति २०७९ साल असार २३ गते आमाको नाम बाट नागरिकता दिनु भन्ने परामादेश जारी भएपछि असार २७ गते सोमबार जिल्ला प्रशासान कार्यलय धनकुटाले आमाको नामबाट वंशजको नागरिक्ता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राम नारायण श्रेष्ठले जानकारी दिनु भयो ।
कुनै पनि व्यक्ति जन्म हुदाँको बखत निजको बाबु वा आमा नेपालि नागरिक हुनु पर्ने प्रमाणित खुल्ने व्यक्तिको वंशजको नाताले नेपालको नागरिक हुने व्यवस्था नेपालको संबिधान २०७२ धरा ११ उपधारा ख मा उल्लेख छ । उनिहरुले बाबुको महलमा खालि रहेको आमाको सनखत रहेको नागरिकता प्राप्त गरेको हो ।