
असार २८
धनकुटाको साँगुरीगढी गााउपालिका ६ सिम्सुवा कोशी राजमार्ग मा अटो दुर्घटना हुदा २ जना घाइते भएका छन् । आज बिहान ६ बजे सिम्सुवा बाट मुलघाट आउदै गरेको को २ ह ३९३७ नम्बरको अटो दुर्घटनामा परी चालक वर्ष ५० का राजेश राई र अटोमा सवार धनपा ६ का वर्ष २२ का रोहन खड्गी घाइते भएका हुन ।
अटो आफै अनियन्त्रीत भई सडमा दुर्घटना भएको इलाका प्रहरी कार्यलय भेडेटारले जानकारी दिएको छ । घाइते राजेश राईको खुटा र हातमा चोट लागेको छ भने रोहन खड्गीको टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । दुबै घाइतेलाई उपचारका लागि जिलला अस्पताल धनकुटा राखिएको छ ।