गायक सिद्धुको हत्या हुनु पहिले नै मृत्युको संकेत दिएको खुलाशा

526

एजेन्सी, १६ जेठ । पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्याले जताततै पाएपनि सिद्धु मुसेवालाले आफ्नो मृत्युको सम्भावना यसअघि नै व्यक्त गरेका थिए । हाल उनका दुई गीत द लास्ट राइड र २९५ लागेगी सामाजिक सञ्जालमा सर्वाधिक चर्चामा छन् । यो संयोग हो कि उनको शीर्षकमा नै उनको मृत्युको चेतावनी थियो।

१० महिनाअघि उनले २९५ लागेगी गीत सार्वजनिक गरेका थिए । गीत पञ्जाबमा भइरहेको पवित्र धर्मग्रन्थको अपमानको घटनाको बारेमा थियो। त्यसका शब्द थिए– साँचो बोलें भने २९५ लाग्नेछ । उनको २९ मे मा मृत्यु भएको छ । द लास्ट राइड शीर्षकको दोस्रो गीतमा पनि सिद्धुले आफ्नो महिन्द्रा थारमा जीवनको अन्तिम सवारी लिन्छन्।

सिद्धु मुसेवालामाथि बन्दुक संस्कृतिलाई बढावा दिएको आरोप लागेको थियो । पछिल्लो गीत ‘लेभल्स’ ४ दिनअघि रिलिज भएको थियो
सिद्धुले आफ्नो मृत्युको ४ दिन अगाडि २५ मेमा ‘लेभल्स’ गीत रिलिज गरेका थिए, जुन उनको अन्तिम गीत बनेको थियो। यसभन्दा दुई साताअघि १५ मेमा ‘द लास्ट राइड’ गीत रिलिज भएको थियो । १० महिनाअघि एउटा गीत २९५ रिलिज भएको थियो । सिद्धुले आफ्नो अफिसियल युट्युब च्यानलबाट युट्युबमा द लास्ट राइड गीत सार्वजनिक गरेका हुन् ।

द लास्ट राइड गीत रिलिज भएको १५ दिन भैसकेको छ र यो गीतले एक करोड तीन लाखभन्दा बढी भ्युज पाएको छ । गीतको शब्द सिद्धु आफैले लेखेका हुन् । यस्तो देखिन्छ कि सिद्धु मुसेवालाले पहिले नै आफ्नो मृत्युको पूर्वानुमान गरेका थिए। गीतमा सिद्धुले भनेका छन्, ‘युवा केटाको आँखाले सबै बोलिरहेको छ । यौवनमै अन्त्येष्टि उठ्छ भन्छन् । मृत्युले कहिले ढकढक गर्छ थाहा हुँदैन… र वास्तवमा मे २९ मा उनको ड्राइभ जीवनको ’द लास्ट राइड’ बन्यो।

Previous articleयस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त बिमान
Next articleआजको लागि यस्तो छ डलरको भाउ

Leave a Reply