नयाँं जनवादी गणतन्त्रकाे तयारीका लागि हामी सबै संगठित बनाैं । NO VOTE काे अभ्यास गरौ |

काठमाडौँ, बैशाख २६ | नेपाली जनताहरु प्रारम्भीक इतिहास देखि वर्तमान शासन प्रणालीकाे कालखण्डसम्म आइपुग्दा अनेकौ निरंकुश शासकहरु विरुद्ध जनताहरुकाे वास्तविक लोक्त्रान्तिक शासन प्रणाली स्थापना गर्न भिषण सङ्घर्ष र आन्दोलनको बिगुल फुकी देश र जनताहरुकाे जनजीवन परिवर्तनका निम्ति जागरुक बन्दै सचेत नेपालिहरू आन्दोलनको खातिर आफ्नो ज्यान आहुति दिन पछि नहटेकाे गौरवपूर्ण इतिहास छ ।

नेपालमा निर्वाचनकाे इतिहास लामाे छैन ,इतिहास हेर्दा गाउँ, बस्तीहरु सञ्चालक गर्न वादविवादहरु मिलाउन सबैकाे सहमति अनुसार नेतृत्वकाे छनौट गर्न्ने प्रथा परम्पराकाे रुपमा स्थापित थियाे | समय वित्दै गर्दा निर्वाचत गर्ने प्रणाली बिकाश हुन गयो। निर्वाचित हुन केहि याेग्यताहरु छुटाइएकाे थियाे, जस्तै कि देशभक्ति,सहयाेगि,समाजिक,नैतिक,आर्थिक मुल्यमान्यतामा स्वच्छ छवि भएकाे हुनु पर्ने आदि जस्ता दायराहरुकाे निर्माण गरिएकाे थियाे।

वर्तमान सम्मा आउदा निर्वाचनमा ति नाताभित्रकाे परे बल्ल जित सुनिष्चित हुने प्रणाली बिकाश हुदैछ | निर्बाचन प्रणाली महँगो बन्दै गयको छ, समान्य जनता को छोराछोरी निर्वाचित त के कुरा गरौ सामान्य जनताहरु खान,बस्न, पढन, रोजगारको निम्ति समेत आज आसहज परिस्थितिकाे सिर्जना भएको छ।

यो व्यवस्थामा जनतालाई वर्तमान दलहरुले कुनै निकाश दिनेवाला छैन | त्यसैले फटाहा, जालि तस्कर निर्मान गर्ने याे व्यवस्थाकाे विकल्प खोज्न स्थानिय निर्वाचन सशक्त बहिष्कार गरि छाेटे मालिकहरुलाइ सिहदरवरकाे भष्ट्राचार गाउँ गाउमा ल्याउन लाइसेन्स नदिनु जनताहरकाे मुख्य अभिभारा हाे।

नेपालमा औपचारिक रूपमा निर्वाचनको इतिहास हेर्दा करिब सात दशक मात्र देखिन्छ । २००४ सालबाट मात्र निर्वाचन सुरवात भएकाे हाे भने २०१५ सालमा देशमै पहिलाे संसदिय निर्वाचन भएको थियो। देश र जनताहरुकाे जनचाहना आवश्कता क्रुर शासकहरु द्धारा नियन्त्रित रहेकै कारण जनताहरु संगठित बन्दै शासकहरु विरुद्व जाइ मात्र लागेन देश र जनताहरुकाे स्वतन्त्रका लागि आफ्नै अमुल्य जीवन हासी -हासी आहुति समेत दिए |

जनताहरुको बलिदानीले नै देशले पन्चायत, प्रजातन्त्र,लोकतन्त्र हुँदै गणतन्त्र सम्म आइपुग्दा सम्म अझै जनताहरुले शिक्षा, स्वास्थ्य,राेजगार,गास-वासकै लागि संघर्षरत छन् जति व्यवस्था परिवर्तन भए पनि जनताकाे अवस्था कहिल्यै परिवर्तन गर्न सकिएन्।

जनताहरूले पनि थूप्रै विपत्ति भोग्नु पर्यो कहिले प्रकति बिपतिकाे नाममा त कहिले छिमेकि मित्र राष्ट्रकाे नाममा, कहिले साम्रमज्यवादी शक्ति राष्ट्रहरुले शक्ति केन्द्र स्थापना गर्ने नाममा देशका शासकहरसलाइ विदेशी डलरकाे माेह देखाएर देशका प्राकृतिक साधनहरु दाेहन गरि कौडीकाे माेलमा विक्रि गरेर हाम्राे देशलाइ प्रयाेगशालाकाे कृडा स्थल बनाउने खेल देशका , राष्ट्रघति, देश वेचुवा शासकहरुले जवरजस्त ढंगले नाकाबन्दी, लकडाउनकाे महामारीका भाेकमरी, वेराेजगारी, खाेप र स्वास्थकाे नाममा कराेडैकाे आर्थिक हिनामिना गरी घोटाला, सत्ता र सरकारको बाघडोर समालेकाहरू जाे जनप्रतिनिधिकै रुपामा आसिन आफुलाइ बाधशाह मान्नेहरुले चरम रुपमा लुट मच्चाउँदै गरेकाे व्यापक रुपमा जनविराेधि राष्ट्रजनघाति एम.सि.सि संसदबाटै पारित गरि छाडे ।

चुनावको मूखैमा दलहरु स्थानिय देखि केन्द्रिय सत्ता हत्याउन कै लागि आज पार्टीहरुमा विचार सिद्धान्त इमान्दार स्वच्छ छविकाे नेतृत्व भन्दा भष्ट्राचार,दलाली,तस्करहरु सल्बलाएको देखिन्छ । र याे व्यवस्थामा सत्ता साझेदारका निम्ति जस्तासुकै सम्झैता गर्न पनि पछि नहटने मान्छेहरु मात्र सफल हुनेछन ।

बाध्यत्मक परिस्थितिले निर्वाचन मार्फत् जनप्रतिनिधि छनोट गरेपनि जनताहरुको दुख आभाब कष्टपूर्ण जिबनको हल, कसैले दिन सकेनन् | बालिका देखि वृद्ध आमाहरु समेत बलत्कारको सिकार हुनु परेको छ |एसिड कान्ड,दाहिजाे नल्याएकाे नाममा हत्या जस्ता समस्यहरु महिलाहरुले आझै भोग्नु परेकै छ । चुनावको मुखम गरिएको प्रतिबद्धताहरु निर्वाचित भएपछि सबै बिर्सिने गर्दछ । जनताहरुका समस्याहरु सम्बोधन कहिल्यै भएन । जनतालाइ चुनाव प्रभाव र दवाब देखाएर चलखेल गर्दै आफ्ना अमुल्य मत खरिद गरिन्छ । खरिद गरिएकै मतले जनप्रतिनिधि भनौदाहरु ले बिकाशको नाम मै चलखेल गर्ने देशमा तस्करी गर्ने छुट प्राप्त गर्दैछन हामी सारा नेपालीहरु सजक र सचेत बनाै |

यस्ता राष्ट्रघतिहरुलाई देश बेच्ने लाइसेन्स इमानदार हामी नेपाली जनताले दिनु हुन्न। थूप्रै राष्ट्रहरुमा व्यवस्था र अभ्यास गरिएकाे नो भोटलाइ प्रयाेगमा ल्याउ, NO VOTE काे अभ्यास छिमेकि राष्ट्र भारत, सिंगापुरमा समेत प्रयाेगमा ल्याइसकेकाे छ । परिवर्तन केवल इमानदार, प्रगतिशील, राष्ट्रभक्त,देश्ाभक्तहरु बाट मात्र सम्भव छ । हामी संगठित बनाैं, जनअधिकारका निम्ति क्षमता र अवसरहरु निर्माण गराैं र नयाँं जनवादी गणतन्त्रकाे तयारीका लागि हामी सबै संगठित बनाैं ।