काठमाडौं-बनारस उडान पुनः सञ्चालन गर्दै बुद्ध एयर

464

बुद्ध एयरले काठमाडौं-बनारसको उडान पुनः सञ्चालनमा ल्याएको छ। बुद्ध एयरले कोरोना माहामारीका कारण बन्द भएको उडान दुई वर्ष पछि पुनः सञ्चालन गर्न लागेको हो।

बुद्धका सूचना अधिकारी दीपेन्द्र लाल कर्णका अनुसार आगामी मे २३ तारिखबाट सोमबार र शुक्रबार गरी साताको दुई दिन उडान हुनेछ।

काठमाडौंबाट बनारसका लागि बुद्धका जहाज बिहान ७: १५ मा उड्नेछ भने बनारसबाट काठमाडौं बिहान ८: ३० बजे उड्नेछ।

त्यसको केही समयपछि बुधबार पनि उडान गर्ने योजना रहेको सूचना अधिकारी दीपेन्द्रले बताए।

यसको सुरुवाती एकतर्फी भाडादर आठ हजार पाँच सय ११ रुपैयाँ तोकिएको छ।

Previous articleनिर्वाचनको समयमा ७२ घण्टा नेपाल भारत सीमा सिल गर्ने सहमति
Next articleसुनको भाउ १४ सय रुपैयाँले बढ्यो

Leave a Reply