सेयर बजार परिसूचक २२ सयमा

391

बुधबार सेयर बजार परिसूचक नेप्से ३१ अंकमाथिले घट्दै २२ सयको रेञ्जमा झर्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार आज यस्तो सूचक ३१.७६ अंकले घट्दै २२ सय ७५.६८ अंकमा झरेको हो । उसो त ३१ अंक माथिले घटेको बजारमा आज कारोबार रकमसमेत एक अर्ब २६ करोड ९२ लाखमा सीमित भएको छ । यसदिन १३ वटा उपसूचक नै ऋणात्मक हुँदा बजार नै राताम्मे भएको छ ।

आज जीवन बीमा समूहको उपसूचक सबैभन्दा बढी २.३४ प्रतिशतले घटेको छ भने, हाइड्रोपावर समूहको २.३३ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको २.१९ प्रतिशतले, ट्रेडिङ समूह २.०४ प्रतिशतले र फाइनान्स समूहको उपसूचक २.०३ प्रतिशतले घटेको छ ।

यस्तै, निर्जीवन बीमा समूह २.०१ प्रतिशतले घटेकोमा इन्भेष्टमेन्ट समूह १.४२ प्रतिशतले घटेको छ । यस्तै माइक्रोफाइनान्स समूह १.१४ प्रतिशतले, होटल एण्ड टुरिजम १.३७ प्रतिशतले र बैंकिङ समूह ०.८५ प्रतिशतले घटेको छ ।

Leave a Reply