सहिदभुमि भुमि वडा नं ७ द्वरा चुनावी घाेषणा पत्र सार्वजनिक ,

धनकुटा ,

सहिद भुमि गाउपालिका वडा नं ७ साप्टिङटारमा आउने बैशाख ३० गते हुन गईरहेकाे  स्थानीय तह निर्वाचन प्रचारप्रसार तथा वडाकाे घाेषणा पत्र सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले सहिदभुमि वडा नं ७ काे आयाेजनामा सम्पन्न कार्यक्रममा उम्मेदवारहरुकाे परिचय सहित वडाको घाेषणा पत्र सार्वजनिक गरिएको छ । वडा नं ७ साप्तिङटारमा वृहत् र्यालिले विभिन्न ठाउँको परिक्रमा गरे पछि भएको काेण सभामा गाउँपालिका अध्यक्ष उम्मेदवार मनाेज राई , वडा नं ७ का वडा अध्यक्ष उम्मेदवार बम बहादुर राई , पार्टीका जिल्ला कमिटी सचिव तथा संसद निरन राई र प्रदेश सदस्य प्रकाश राईले संयुक्त रुपमा वडाको घाेषणा पत्र सार्वजनिक गर्नु भएको थियोे । घाेषणा पत्रमा सबै विघालयहरुलाई पूर्वाधार सम्पन बनाउने ,शैक्षिक सुधार ,विघालय वालमैत्री , प्रपिधि , अपांग मैत्री ,स्वास्थ , सबै टाेलमा सडक स्तर उन्नति भाैतिक  पूर्वाधार निर्माण  शुद्व खानेपानी व्यवस्था , एक घर एक फिल्टर , बेल्टार ,कर्कले र लुङधाङमा सिचाइ आयाेजना सञ्चालन तथा मर्मत सम्भार ,कृषकहरूकाे आर्थिक उन्नतिकाे लागि व्यवसायीक बनाउने , शितभण्डार निर्माण , हावापानी अनुकूल खेति विस्तार प्रेरित , सबै टाेलमा विघुत विस्तार , काठेपुल विस्थापन , ट्रानसमिटर स्तरउन्ति , वन तथा वन्यजन्तु संरक्षण गर्ने , डढेलाे मुक्त वनाउन पहल , धर्म ,संस्कृति र पर्यटन पाैराणि महत्त्वका मन्दिर ,देवस्थान , देवि देउराली ,गुफा आदि संरक्षण र सम्वर्द्वन ,युवा स्वराेजगार , खेलमैदान , शान्ति सुरक्षा , लक्षित वर्ग महिला ,वालवालिका ,जेष्ठनागरिक ,दलित तथा सिमान्तकृत , आदिवासी जनजातिहरुकाे उत्थान लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने पहल गर्ने लगायतका कुराहरूलाई जाेड दिदै १२ बुदे घाेषणा पत्र सार्वजनिक गरेको हाे । चुनावी प्रचारप्रसार तथा घाेषणा पत्र सार्वजनिक कार्यक्रमलाई सम्बाेधन गर्नु हुदै पार्टीका जिल्ला कमिटी सचिव निरन राईले सहिद भुमिमा एमाले पार्टी प्रतिकाे जनताको विस्वास र नेकपा एमाले पार्टीले गरेका काम र विकास कारण नेकपा एमाले पार्टीले चुनाव जितिसकेकाे बताउनुभयो । बैशाख ३० गते पछि अपबित्र गठबन्धनलाई परास्त गर्दै धनकुटा जिल्लामा नेकपा एमालेले फेरि पनि क्लिन सीप गर्ने दावी गर्नुभयो । त्यस्तै गरि गाउँपालिका अध्यक्ष उम्मेदवार मनाेज राई , उपाध्यक्ष उम्मेदवार रत्नश्वरी राई, वडा अध्यक्ष उम्मेदवार बमबहादुर राईले प्रतिवद्वता मन्तव्य राख्नु भएको थियोे । गाउँ कमिटी अध्यक्ष नीर बहादुर राईले सुर्य चिन्हमा मतदान गरि उम्मेदवारहरुलाई विजयी गराउन आव्हान गर्नु भएको थियोे ।