रिभर फल्सले सर्वसाधारणका लागि सेयर जारी गर्दै

377

रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि आइपिओ जारी गर्दैछ। कम्पनीले वैशाख २८ गतेदेखि २७ लाख ३० हजार कित्ता सेयर जारी गर्ने भएको हो।

यसमध्ये कम्पनीले २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कम्पनीको कर्मचारीहरूको लागि र ५ प्रतिशत अर्थात‍् एक लाख ३६ हजार पाँच सय कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ। यीबाहेक बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणको लागि जारी हुनेछ।

आवेदकहरूले प्रति कित्ता एक सय रुपैयाँको दरमा न्यूनतम् १० कित्ता र अधिकतम् एक लाख कित्तासम्म सेयर भर्न सक्नेछन्। सेयरको लागि आवेदन दिने अवधि छिटोमा जेठ ४ गते र ढिलोमा जेठ ११ गतेसम्म रहनेछ।

आइपिओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले कम्पनीलाई इक्रा एनपी आइआर डबल बि माइनस रेटिङ दिएको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने जोखिम मध्यम रहेको संकेत गर्छ।

कम्पनीको चुक्ता पुँजी ३५ करोड ७० लाख रुपैयाँ रहेको छ। सेयर जारी पछी कम्पनीको चुक्ता पूँजी ७० करोड पुग्नेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ।

कम्पनीले १०.३० मेगावाटको पिलुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। वि.सं २१०५ सम्म सञ्चालन अनुमति पाएको आयोजनाको विद्युत खरिद सम्झौता भइसकेको छ।

एक अर्ब ८६ करोड रुपैयाँमा बन्ने यस आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ६ लाख रुपैयाँ छ। कम्पनीले यही असार मसान्तमा विद्युत उत्पादन गर्न सक्ने उल्लेख गरेको छ।

Leave a Reply