धोनीको पुनरागमन कप्तानीमा चेन्नईको सानदार जित

687

महेन्द्रसिंह धोनी पुनः कप्तानमा फर्किदा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सानदार जित निकालेको छ।

आइतबार राती भएको खेलमा सनराइजर्स हैदराबादलाई १३ रनले हराउँदै चेन्नईले जारी प्रतियोगितामा तेस्रो जित निकालेको हो।

यो जितसँगै चेन्नईको प्लेअफ सम्भावना कायमै राखेको छ।

चेन्नईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८९ रनमा समेटियो।

हैदराबादका लागि विकेटकिपर निकोलस पुरनले अर्धसतक प्रहार गरे पनि टोलीलाई जिताउन सकेनन्। उनले ३३ बलमा ३ चौका र ६ छक्कासहित ६४ रनको अविजित पारी खेलेका थिए।

यस्तै केन विलियम्सनले ३७ बलमा २ चौका र २ छक्कासहित ४७ रन बनाए। ओपनर अभिषेक शर्माले ३९ रन बनाउँदा राहुल त्रिपाठी गोल्डेन डक र एडेन माक्ररम १७ रनमा आउट भए।

हैदारावादलाई रोक्न चेन्नईका मुकेश चौधरीले सर्वाधिक ४ विकेट लिए। ड्वेन प्रिटोरियोस र मिचेल सान्टनारले समान १–१ विकेट हात पारे।

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय २ रन बनायो। चेन्नईका लागि ओपनर ऋतुराज गायकवाड र डेभन कन्वेले अर्धसतकीय पारी खेले। मात्र ५७ बलमा ६ चौका र ६ छक्कासहित गाइकवाडले सर्वाधिक ९९ रन बनाए।

आइपिएलमा आफ्नो दोस्रो शतक बनाउन एक रनले चुकेका गायकवाड १८ औं ओभरको पाँचौं बलमा आउट भए।

अर्का ओपनर डेभन कन्वे ५५ बलमा ८ चौका र ५ छक्कासहित ८५ रनमा अविजित रहे।

पहिलो विकेटका लागि कन्वे र गायकवाडले १७.५ ओभरमा १ सय ८२ रनको साझेदारी गर्दै चेन्नईलाई विशाल योगफलसम्म पुर्‍याएका थिए। कप्तान धोनी ८ रनमा आउट भए।

यो खेलसँगै महेन्द्रसिंह धोनी पनि कप्तानको रुपमा फर्किएका छन्। यसअघि यस सिजनदेखि कप्तानी छाडे पनि रविन्द्र जडेजाले पुन धोनीलाईनै कप्तानीमा सुम्पिएका हुन्।

धोनी कप्तानको रुपमा पूनरागमन गर्दा चेन्नईले सानदार प्रदर्शन गरेको हो। हैदराबादका टि नटराजनले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए।

यो जितसँगै चेन्नईको प्लेअफ पुग्ने अंकगणितीय आशा बाँकी छ। चेन्नई प्ले अफमा पुग्न बाँकी ५ खेलमा जित निकाल्नु पर्ने हुन्छ। बाँकी ५ खेलमा जित निकाल्दा कुल १६ अंक हुने हुँदा प्लेअफको सम्भावना देखिन्छ।

जारी प्रतियोगितामा ९ खेलमा ८ मा जित र १ मा हार व्यहोरेको गुजरात १६ अंकसहित शीर्ष स्थानमा कायमै छ। अर्को नवप्रवेशी लखनऊ १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक जोडेर दोस्रो स्थानमा छ।

राजस्थान रोयल्स ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ।

यस्तै हैदराबाद र बैंलोर समान १० अंकसहित चौथो र पाँचौ स्थानमा छन्।

Previous articleभ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्न प्रतिबद्ध छु–आईजीपी सिंह
Next articleथाक्रे गाउँपालिका वडा नं ७ बनाउने जिम्मा नवराज सुबेदीको काधमा

Leave a Reply