
नारायण कुमार राई
धनकुटा १५ बैसाख ।
आमा कुन पाटीलाई भोट दिनुहुन्छ ? ‘त्यो त आफ्नो मनमा छ’, भन्न मिल्दैन ?‘हामी त सबैलाई हुन्छ भन्दिन्छुङ,तर हामी एक जनालाई दिनेहो ।’ यो संवाद छथर जोरपाटी वडा नं. ५ कामी टोलका ६३ बर्षिया लक्ष्मी लिम्बू,छापाङ टोलका ६२ बर्षिया बिष्णुमाया लिम्बू र ६६ बर्षिया सुखानी लिम्बू संगको हो । ती मध्ये आफूलाई १३ सालको बताउने सुखानी सबैलाई सोधेको उत्तर दिईरहेका थिए । अन्य २ जना त्यसैमा सही थप्दै थिए । त्यसको कारण जान्न खोज्दा उनीहरु एकै बंसका तुम्बाहाम्फे लिम्बूसंग बिवाह गरेका जेठानी देउरानी रहेछन् ।
बिहिबार नेकपा एमालेको चुनावी सभामा आएका ती महिलाहरुले भोट कुन दललाई दिने भन्ने बिषयमा प्रष्ट नभनी मजाक गर्न थालेपछि ‘घाममा दिने हो ?’ भन्ने प्रश्नमा ‘हामी घामपानी जान्दुङ्ना शेरबहादुरलाई दिन्छुङ’भन्दै आफ्ना कुरा खोले । घरमा मकै गोड्ने खेताला छोडेर आएकाले जान हतार गरिरहेको उनीहरु खासमा तीनै जना एकल महिला रहेछन् । एकै दाजुभाईमा बिवाह गरेको भन्ने सन्दर्भमा श्रीमानको बारेमा सोध्दा ‘हाम्रो बुढाहरु त माथि पठाईसकिउँ’ भन्ने उनीहरुको भनाई थियो । वास्तवमा उनीहरु अहिलेको सरकार(गठबन्धन) संग रिसाएका रहेछन् । अरुको भन्दा थोरै भत्ता भएको र त्यो पनि घटाएकोले आफूहरु घामपाटी तिर लागेको उनीहरुको भनाई थियो । ‘अरुको भन्दा थोरै छ,त्यसमा पनि ५० रुप्पे सरखारले घटाएर दिंदैछ’–बिष्णुमायाले गुनासो पोखिन् ।
बिहिबार नेकपा एमाले वडा नं. ५ कमिटीको आयोजनामा ताम्लिङ,ट्रिहाउस(सिमल चौक) र कर्मा थर्पोलिङ गुम्बा प्राङ्गणमा चुनावी सभा भएको थियो । सभामा छथर जोरपाटी गाउँपालिकाका अध्यक्षका प्रत्यासी शेरबहादुर लिम्ब लगाएत उपाध्यक्षका उमेद्वार गोमा कार्की तथा वडा नं. ५ बाट एमालेका उमेद्वारहरु अध्यक्षका उमेद्वार प्रेम लिम्बू,खुल्ला सदस्यहरु ई्न्न्द्रबहादुर थापा,प्रेमबहादुर लिम्बू,महिला सदस्य दाकिमु शेर्पा र महिला दलित सददस्य उषा नेपालीको उपस्थिति रहेको थियो ।
सभामा अध्यक्षका प्रत्यासी लिम्बूले अरु दलले चुवको बेला मात्र केही दिने र सहयोग गर्ने तर आफू र आफ्नो दलले जनताको दैनिकी र समस्या समधानमा संगसंगै रहेको स्मरण गराउनु भएको थियो । सिंधुवाबाट पिपल डाँडा गोवाबेंसी सम्म सडक बनाउने आफ्नो पूर्व बाचा पुरा गरेकोले अब आफूले जितेपछि त्यसलाई कालोपत्रे गर्ने बचन दिनुभयो । अभियान कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य बलदिप राई,छथर जोरपाटी गाउँ कमिटी अध्यक्ष ईन्द्रसारु मगर तथा जिल्ला कमिटी,पालिका कमिटी,वडा कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।