
छथरजाेरपाटि गाउँपालिका वडा नं ५ मा नेकपा एमाले पार्टीले वडा अध्यक्ष उम्मेदवार युवा प्रेमकुमार लिम्बूलाई बनाएको छ ।
६ वटा वडा रहेको पालिकाकाे अध्यक्ष र उपाध्यक्ष सहित सबै उम्मेदवार सर्वसम्मत चयन गरिएको छ ।
साे मध्ये लिम्बू सबैभन्दा कम उमेरकाे उम्मेदवार हुन सफल भएको छ । उमेरले २८ वर्ष पुगेका लिम्बू व्यवसायी तथा स्वास्थ्यकर्मि हुन । लिम्बू राष्ट्रिय स्वास्थ्यकर्मी संघका जिल्ला कमिटी सदस्य पनि रहेको छ ।