थप १३ जनामा कोरोना संक्रमण, २५ जना संक्रमण मुक्त

520

काठमाडौं, ११ वैशाख । पछिल्लो २४ घन्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घन्टामा ४ हजार २ सय ५५ जनामा कोरोना परिक्षण गर्दा १३ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै २५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा ४ हजार ८ सय ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

हालसम्म देशभर २ सय ६९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

Previous articleगहुँको नल बाल्न लगाइएको आगो मुक्तकमैया बस्तीमा पुग्यो, नियन्त्रणमा कठिनाई
Next articleकाठमाडौं महानगरको मेयर पदको लागि १६ जनाको उम्मेदवारी दर्ता

Leave a Reply