होटल हायात प्यालेसले १६ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा जारी गर्ने

399

काठमाडौं, ५ बैशाख । होटल हायात प्यालेसले १६ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा जारी गर्ने भएको छ । गोल्यान समूहको उक्त होटलले १६ करोड ७४ लाख रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो ।

हायात प्यालेसको प्रवर्द्धक कम्पनी सिटी होटल लिमिटेड सेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । होटलले उक्त सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

होटलले जारी गर्न लागेको सेयरपछि चुक्ता पुँजी १ अर्ब १० करोड रूपैयाँ पुग्ने जनाइएको छ । हायात प्यालेस होटल गत वर्ष मात्र सञ्चालनमा आएको हो। काठमाडौं, सोल्टीमोडमा रहेको यो पाँचतारे होटल कुल चार अर्ब ३९ करोड ६० लाख रूपैयाँ लागत तयार भएको हो भने १ सय ५३ वटा कोठा छन्।

Previous articleकांग्रेसले तीन महानगर लिदा ,माओवादी, एकीकृत समाजवादी र जसपालाई एक/एक महानगर दिने तयारी
Next articleधादिङमा गठबन्धनबीच भागबण्डा कांग्रेसलाई ७, माओवादी र समाजवादीलाई ३-३ स्थानीय तह

Leave a Reply