थपिए १९ संक्रमित, सक्रिय ५ सय २०

506

नेपालमा पछिल्लो २४ घन्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बुधबार १९ जनामा संक्रमण पुष्टि भएको हो।

अधिकारीका अनुसार ४ हजार ७१५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

३ हजार ३४९ जनाको पिसिआर र १ हजार ३६६ जनाको एन्टिजेन परीक्षण गरिएको अधिकारीले जानकारी दिए।
अहिले देशभर ५ सय २० जना सक्रिय संक्रमित छन्।

४९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

Previous articleदीपेन्द्र विश्व वरीयताको शीर्ष १० भित्र
Next articleअखिल(क्रान्तिकारी) द्वारा स्थानीय निर्वाचन- बहिष्कार अभियान संचालन गर्दै

Leave a Reply