सुनको मूल्य एक लाख नौ सय रुपैयाँ

422

काठमाडौँ, २९ चैत

सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, सोमबार सुन तोलाको एक लाख एक सय रुपैयाँमा  कारोबार भएको थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय निर्धारण भएको छ ।  चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । सोमबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँ  निर्धारण भएको छ ।

Previous articleदेश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात हो : अर्थमन्त्रि शर्मा
Next articleकांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठक २ वैशाखमा

Leave a Reply