सुनको मूल्य ९९ हजार रुपैयाँ

509
saajhaonline

काठमाडौँ, २४ चैत

सुनको भाउ बिहीबार पाँच सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको  ९९ हजार कायम भएको छ ।

यसअघि, मंगलबार सुन तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच निर्धारण भएको छ ।

चाँदीको भाउ भने एक रुपैयाँले घटेको छ। बुधबार एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ३४ रुपैयाँ निर्धारण भएको छ ।

Previous articleकांग्रेस स्थानीय तह प्रचार उपसमितिमा महोत्तरीबाट को-को परे ?
Next articleझरना थापाको दाबीः ‘ए मेरो हजुर ४’ मा स्टारडमभन्दा कन्टेन बलियो

Leave a Reply