काठमाडाैं, २४ चैत | हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ ।
दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ । प्रदेश १ को पहाडी भूभागका केही स्थान तथा बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना पनि छ ।
शुक्रबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।