धनकुटामा आगामि निर्वाचनमा गठबन्धनको मतपेटिका ढ्वाङ खालि हुने : संघिय संसद राजेन्द्र राई

चैत १५

पाख्रिबास नगरपालिका वडा नं १ सान्नेमा वडा अध्यक्ष हेम बहादुर पाण्डेले स्वास्थ ,विघालय र वडा कार्यलयको उदघाटन गरेको छ । वडा अध्यक्ष हेम पाण्डेले सोमबार एक कार्यक्रमका बिच दुई विघालय , स्वास्थ र वडाकोप्रशासनिक भवनको एकैदिन उदघाटन गरेको हो । नवनिर्मित भवनहरुको उदघाटन गर्दै संघिय संसद राजेन्द्र कुमार राईले अहिलेको गठबन्धन देउवा नेतृत्वको सरकारले तमोर जलसायको आयोजना लगायत विभिन्न आयोजनाको काम रोकेर जनताको पाक्न लागेको गाँस खोस्ने काम भएको टिप्पणी गर्नु भयो ।                    साथै उहाले तमर जलविद्युत आयोजना रोक्नुको कारण धनकुटा ,पाचथर ,मोरङ झापा लगायत ५ वटा जिल्लाका जनतालाई जवाफदिनुपर्ने बताएकाछन् । त्यस्तै गरि एमाले पार्टी बाट निर्वाचत जनप्रतिनिधिले गरेको काम र विकास बाट धनकुटा जनता मन मनमा एमाले पार्टी बस्न सफल भएको दावि गर्नु भयो । आगामी तिनै तहको निर्वाचनमा जनताले एमाले पार्टीको पक्षममा मात्र भोट लगाउने सुनिश्चित भईसकेको भन्दै अन्य पार्टी गठबन्धनको मतपेटिका ढ्वाङ खालि हुने दावी गर्नु भयो । सोहि कार्यक्रमलाई बोल्दै पाख्रिबास नगरपालिकाको मेयर वृष बहादुर राईले सडक , भौतिक पुर्वाधार निर्माण , शिक्षा स्वास्थ ,खानेपानी, पर्यटन लगायत क्षेत्रमा नगरपालिकाले धेरै काम गर्न सफल भएको बताउदै धेरै ठूलो परिवर्तन आएको दावी गर्नु भयो । त्यस्तै गरि वडा अध्यक्ष पाण्डेले कार्यक्रममा ५ वर्षमा वडा भित्र गरेका काम तथा विकासको प्रगति विवरण प्रस्तु गर्नु भएको थियोे । वडा अध्यक्ष पाण्डेले अब सान्नेका वडा बासिको जीवन स्तर सुधार भएको दावी गरेका थिए । नवनिर्मित विघालयको भवनहरुमा अन्पुर्ण माध्यमिक विघालयको ४ कोठे दुई तलाको भवन ७२ लाख , नर्वदेस्वर विघालयको १ तले ३ कोठाको भवन ३६ लाख , स्वास्थ चौकि भवन १ तले ४ वटा कोठा भएको ३३ लाख र वडाको प्रशासनिक वडाकार्यलय भवन ५ वटा कोठा भएको १ तले ३३ लाखमा निर्माण गरिएको वडा अध्यक्ष पाण्डेले जानकारी दिनु भएको थियोे । कार्यक्रममा उपमेयर देवकला तिमल्सिना , कार्यपालिका सदस्य नम्रता देउजा लगायत शिक्षक अविभावक , कर्मचारी , स्थानीय र विभिन्न राजनीतिक दलका प्रमुखको उपस्थित रहेको थियोे ।।वडाकार्यलय र स्वास्थ चौकिको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनु हुने खेर बहादुर बुढाथोकी ,भक्त बहादुर बुढाथोकी ,निर्मल जि वानिया र युवराज खत्रीलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।