अमेरिकी विदेशमन्त्रीसँग इजरायली प्रधानमन्त्री मास्कबिना बोलेपछि

412

एजेन्सी
जेरुसेलम, १४ चैत

इजरायली प्रधानमन्त्री नाफताली बेन्नेटलाई कोभिड पोजेटिभ भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनलाई भेट गरेपछि प्रधानमन्त्री बेन्नेटलाई कोभिड पोेजेटिभ देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

प्रधानमन्त्री बेन्नेटले विदेशमन्त्री ब्लिनकेनलाई आइतबार जेरुसेलममा भेट गरेका थिए । इजरायल र अरबका कूटनीतिज्ञहरुको एतिहासिक सम्मेलनको एउटा साइडलाइन वार्तामा दुई नेताबीच भेटवार्ता भएको थियो । वार्तामा दुबै नेता मास्क नलगाइ छलफलमा बसेका थिए ।

बेन्नटले राम्रो महसुस गरिरहेको र आफ्नो घरबाट योजनाअनुसार काम गरिरहेको उनको कार्यालयले जारी विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, विदेशमन्त्री ब्लिनकेनले पनि कोभिड परीक्षण गर्ने भएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले सो जानाकारी दिएका हुन् ।

Previous articleतीनै तहको चुनावमा महिलाको अर्थपूर्ण सहभागितामा जाेड
Next articleनेपालले दियो पीएनजीलाई विशाल लक्ष्य

Leave a Reply