रुसको सत्ता परिवर्तन गर्नु नेटोको उदेश्य होइनः जर्मनी

365

एजेन्सी
वर्लिन, १४ चैत

युक्रेनमा मस्कोको आक्रमणबाबजुद रूसमा शासन परिवर्तन गर्नु उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को उदेश्य नरहेको जर्मनीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्लादिमिर पुटिनलाई ‘सत्तामा रहन नसक्ने’ एक कसाई’ को संज्ञा दिएको एक दिनपछि जर्मन चान्सलर ओलाफ सोल्जको सो भनाई आएको हो ।

‘रुसमा सत्ता परिवर्तन गर्नु नेटोको उदेश्य होइन, न कि अमेरिकी राष्ट्रपतिको’, सोल्जले जर्मन सरकारी टेलिभिजन च्यानल एआरडीलाई भने ।

सोल्जले अगाडि थपे, ‘मैले ह्वाइट हाउसमा बाइडेसँग लामो छलफल गर्ने मौका पाएको छु । हामीले यी प्रश्नहरू पनि छलफल गरेका छौँ,’ उनले थपे ।

लोकतन्त्र, स्वतन्त्रता र न्यायको जताततै भविष्य हुने उनले बताए । तर, स्वतन्त्रताको लागि लड्नु जनता र राष्ट्रहरूको लागि भएको उनको भनाई छ ।

युक्रेन हमलापछि रूसी राष्ट्रपति पुटिनलाई बाइडेनले ‘कसाई’ भनेका थिए ।

Previous articleजो आमालाई मारेर मस्त सुते
Next articleचितवन र मकवानपुरबाट ३६५ केजी गाँजा बरामद, ६ जना पक्राउ

Leave a Reply