राजर्षी जनक कपः मच्छिन्द्रसगँ पराजित हुँदै सुदुरपश्चिम उपाधि होडबाट बाहिरियो

524

जारी छैठौँ राजर्षी जनक कप फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र विजयी भएको छ ।

सर्लाहीको बागमती–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र सगँ सुदूरपश्चिम–११, ३–१ गोल अन्तरले पराजित भएको हो । जितसगैँ मच्छिन्द्रले आफुलाई बलियो उपाधि दावेदारका रुपमा प्रस्तुत गरेको छ । मच्छिन्द्र फुटवल क्लका सामु सुदुरपश्मि–११, का खेलाडी केही निरीह देखिए ।

खेलको सुरुवात देखिनै आक्रामक अवस्थामा देखिएको मच्छिन्द्रका लागि दोस्रो हाफको दोस्रो मिनेटमा विशाल राईले गोल गर्दै खाता खोले । राईले बिमल घर्तीको पासमा डिबक्स भित्रबाट उत्कृष्ठ गोल गरे । त्यस पछि सुदूरपश्चिम थप दवाबमा देखियो । दोस्रो हाफपछि पनि सुदूरपश्चिमको लगातार खेलमा फर्कने प्रयास असफल भयो ।

खेलको ६३ औँ मिनेटमा सुदूरपश्चिमका दिपेङ्क राजसिङ ठकुरीले गोल गर्दै टिमलाई खेलमा फर्काए ।

उनले २० यार्ड टाडाबाट गरेको प्रहार सिधै गोलमा परिणत भयो ।

त्यस पछि खेल १–१ को बराबरीमा पुग्यो । लगातार मच्छिन्द्र आक्रामक अवस्थामा प्रस्तुत भईरह्यो । भने, सुदूरपश्चिम लगातार दवावमा रह्यो । खेलको ६२ औँ मिनेटमा मच्छिन्द्रको डिबक्स भित्र सुदूरपश्चिमले राम्रो अवसर सृजना गरेको थियो । तर सदुपयोग हुन सकेन ।

खेलको ७३ औँ मिनेटमा सुदूरपश्चिमका लागि बनेको अवसर फागुराम थारुले खेर फाले । खेलको ७८ औँ मिनेटमा बिमलको गोलबाट फेरी मच्छिन्द्रले २–१ को अग्रता कायम ग¥यो ।

सुजल श्रेष्ठको क्रस पासमा बिमल घर्ती मगरले डिबक्स भित्रबाट हेड गर्दै मच्छिन्द्रको लागि दोस्रो गोल गरे । त्यस पछि खेलमा लय गुमाएको सुदुरपश्चिम–११, धनगढीले ८३ औँ मिनेटमा तेस्रो गोल ब्यहो¥यो ।

मच्छिन्द्रका लागि तेस्रो गोल बिदेशी खेलाडि अनरवेसको पासमा नोरोजोभले डिबक्स भित्र भएको ग्याद्रिङको फाईदा उठाउदै गरे ।
यता सुदूरपश्चिम आफुले पाएको लगातारको अवसरमा गोल गर्न चुकेपछि हार ब्यहोर्दै उपाधि होडबाट बाहिरियो । खेलको छैठौ मिनेटमा सुदूरपश्चिमका बिदेशी खेलाडि बिक्रम सिङ गोल गर्नबाट चुके । मच्छिन्द्रका गोलरक्षक बिशाल श्रेष्ठ सगँ वान भर्सेज वानको अवस्थामा पनि गोल गर्न सकेन् । उन्ले गरेको प्रहार पहिलो बारमा लागे दोस्रो बारतर्फ फर्कियो ।

खेलमा उत्कृष्ठ प्रदर्शन गरेका मच्छिन्द्रका देबेन्द्र तामाङ म्यान अफ दि म्याच घोषित भए । उन्ले नगद १० हजार पुरस्कार प्राप्त गरे । जित सगैँ मच्छिन्द्रले उपाधिका लागि चैत १३ गते हुने फाईनल खेलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको पिप्ले युवा क्लव हेटौडा सगँ भेट पक्का गरेको छ । फाईनल भेटका लागि पिप्लेले क्वाटरफाईनलमा हिमालयन सेपा र सेमिफाईनलमा आयोजक बागमती युवा क्लवलाई पारजित गर्दै फाईनल यात्रा तय गरेको हो ।

यस्तै मच्छिन्द्रले क्वाटरफाईलन विदेशी पाहुना टोली एभिनियर फुटवल क्लव क्यामरुनलाई पाखा लगाएर आजको भेट पक्का गरेको थियो । प्रतियोगिताको विजेताले राजर्षि रनिङ सिल्ड १० लाख १ हजार र उपविजेताले ५ लाख ५ सय प्राप्त गर्ने आयोजक बागमती युवा क्लवका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।

त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान मोटरसाईकल प्रदान गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष मैनालीले जानकारी दिए ।

Previous articleसुर्खेत बासीले जग्गाधनी पुर्जा पाउँदै
Next articleलमजुङमा म्यादी प्रहरीमा ३ हजार ६ सय ३४ जनाले दिए आवेदन

Leave a Reply