इजाजत लिएका हतियार बुझाउन रसुवा प्रशासनको आग्रह

395

रसुवा, ११ चैत

जिल्ला प्रशासन कार्यालय रसुवाले इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले एक सूचना जारी गर्दै इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेका हुन् ।

ैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्येनजर राख्दै इजाजत लिएका हतियार चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन आग्रह गरिएको उनले बताए ।

स्थानीय तहको निर्वाचनलाई भरपर्दो विश्वसनिय बनाउन इजाजत लिएर राखिएका हतियार बुझाउन आग्रह गरिएको उनले बताए । तोकिएको समयमा हतियार नबुझाएमा कानुन बमोजिम भै जाने समेत उनले बताए ।

Previous articleवडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ८ लाख बिगो दाबी
Next articleएनआरएनएले बोलायो आकस्मिक बैठक

Leave a Reply