एनएसएलका लागि नयाँ मिति घोषणा

507

काठमाडौं, ९ चैत

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि (एनइएसएम)लाई नेपाल सुपर लिग (एनएसएल) आयोजनाका लागि स्वीकृति दिएको छ ।

एनएसएलले यसअघि एन्फासामु २५ चैतदेखि १० जेठसम्म मिति उपलब्ध गराइदिन माग गरेको थियो । सोहीबमोजिमको स्वीकृतिसहितको पत्र एनएसएलले पाएको छ ।

एन्फाले पछिल्लो समय बढेको एनएसएलको विवाद समाधानका लागि अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा सात सदस्यीय विवाद समाधान कार्यदल बनाएको थियो । कार्यदलले बुधबार बिहान असन्तुष्ट चार क्लबहरूसँग गरेको छलफलपछि स्वीकृति पत्र प्रदान गरिएको हो ।

एन्फाका कार्यवाहक महासचिव अरुणमान जोशीले हस्ताक्षर गरेको पत्रमा आवश्यक स्वीकृति प्रदान गरिएको व्यहोरा उल्लेख छ ।

Previous articleकैलालीबाट १३ सय ५९ मतदाता घटाउन सिफारिस, अन्तिम नामावली सार्वजनिक गर्ने तयारी
Next articleएमालेको संगठित सदस्य आठ लाख ५५ हजार पुग्यो : ओली

Leave a Reply