नागाविरुद्ध आक्रामक बनिन् सामन्था

326

काठमाडौं, ९ चैत

दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभु प्रायः सामाजिक सञ्जालमा छाइरहन्छिन् । उनी आफ्नो व्यावसायिक जीवनका अलावा निजी जीवनलाई लिएर सामाजिक सञ्जालमा चर्चा परिचर्चाको पात्र बनिरहन्छिन् ।

गत वर्ष अभिनेत्रीले अभिनेता पति नागा चैतन्यसँग सम्बन्धविच्छेद गरेपछि उनको चर्चा अझ बढेको छ । नागा र सामन्थाले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै आफूहरु अलग्गिने घोषणा गरेका थिए । यद्यपि सामन्थाले केही समयअघि मात्र त्यो पोस्ट हटाएपछि कतै उनीहरु पुनः मिल्न लागेका त होइनन् भन्ने अड्कलबाजी पनि गरिएको थियो ।

तर अहिले आएर त्यो अड्कलबाजीलाई सामन्थाले पूर्णविराम लगाइदिएकी छन् । उनले पूर्व पतिलाई इन्स्टाग्रामबाट ‘अनफलो’ गरेकी छन् । यतिमात्र होइन, उनले सामाजिक सञ्जालमा रहेको नागासँगको आफ्ना सबै तस्वीरलाई हटाएकी छन् ।

उनको यो कदमले उनी आफू जिन्दगीमा धेरै अगाडि बढिसकेको र पछाडि फर्केर हेर्ने सम्भावना कम रहेको सन्देश दिएकी छन् । यसअघि उनले नागासँगको विवाहमा आफूलाई नागाले दिएको विवाहको साडी पनि फिर्ता गरिदिएकी थिइन् । आफ्नो विवाहमा सामन्थाले नागाकी हजुरआमाको साडी लगाएकी थिइन् । जुन साडीलाई उनले फिर्ता गरेकी हुन् ।

सामन्था र नागाले आफ्नो चार वर्षे वैवाहिक सम्बन्धलाई गत वर्षको अक्टोबरमा टुंग्याएका थिए । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै आफूहरु अबका दिनमा अलग्गै रहने घोषणा गरेका थिए ।

कामको कुरा गर्दा सामन्था पछिल्लोपटक फिल्म ‘पुष्पा’ को आइटम गीत ‘ओ अन्तावा’मा देखिएकी थिइन् । यसबाहेक उनी ‘यशोदा’, ‘अरेन्जमेन्ट अफ लव’ र ‘शकुन्तलम’मा देखिँदैछिन् ।

Previous articleआफूले पाएको पुरस्कार युक्रेनी शरणार्थीलाई दान दिने रुसी नोबेल विजेताको घोषणा
Next articleउद्योग वाणिज्य संघ जुम्लामा लाेकतान्त्रिक प्यानल विजयी, अध्यक्षमा देवकोटा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here