अछाममा हँसिया प्रहारबाट गर्भवती महिला घाइते

664

अछाम, ७ चैत
अछामको मेल्लेख गाउँपालिकामा हँसिया प्रहारबाट एक गर्भवती महिला घाइते भएकी छ्न् ।

मेल्लेख गाउँपालिका-३ दर्बाकी ३५ वर्षीया गर्भवती रंगिदेवी बुढालाई स्थानीय अमृतादेवी बुढाले हँसिया प्रहार गरेकी हुन् ।

आफ्नो बारीमा भैँसीले घास खाएको विषयलाई लिएर विवाद हुँदा अमृताले हँसिया प्रहार गरेकाे बताइएकाे छ । हँसिया प्रहारबाट रंगदेवीको नाक, मुख र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

घाइतेको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । अमृता पक्राउ परेकी छन् ।

Previous articleनेपाल र यूएई भिड्दै : ब्याटिङ सुधारको अपेक्षा
Next articleबैतडीमा ट्रक दुर्घटना : एक जनाको मृत्यु, ५ जना घाइते

Leave a Reply