पीएसजीको पोस्टमा मोनाकोको तीन गोल

575

काठमाडौं, ६ चैत

फ्रेन्च लिग लिडर पेरिस सेन्ट जर्मेन (पीएसजी) आइतबार साँझ भएको खेलमा एएस मोनाकोसँग ३-० अन्तरले पराजित भएको छ ।

मुख्य खेलाडी लियोनल मेस्सीबिना मैदान उत्रिएको पीएसजीलाई हराउन मोनाकोको लागि विसाम बेन येडरले दुई तथा केभिन भोलन्डले एक गोल गरे ।

खेलको २५औं मिनेटमा येडरले गोल गर्दै अग्रता दिलाए । ६८औं मिनेटमा भोलन्डले २-० को अग्रता बनाए । खेल सकिन ६ मिनेट अघि येडरले पेनाल्टीमा मार्फत गोल गर्दै सहज जित दिलाए ।

पराजित भए पनि पीएसजीको शीर्षस्थानमा १५ अंकको अग्रता छ । पीएसजीको २९ खेलबाट ६५ अंक छ । दोस्रो स्थानको मार्सेको २८ खेलबाट ५० अंक छ । पीएसजीलाई हराएको मोनाकोको २९ खेलबाट ४४ अंक जोड्दै सातौं स्थानमा छ ।

Previous articleराप्रपाले २५ चैतमा काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने, प्रवक्ता श्रेष्ठ भन्छन्- यो हाम्रो शक्ति प्रदर्शन हुनेछ
Next articleनेपाल र यूएई भिड्दै : ब्याटिङ सुधारको अपेक्षा

Leave a Reply