एनआरएनएको दशौं महाधिवेशनको तयारी अन्तिम चरणमा

651

काठमाडौं, ६ चैत

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८ चैतदेखि ११ चैतसम्म काठमाडौँमा हुन लागेको दशौँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

महाधिवेशन आयोजक समितिका संयोजक एवं एनआरएनएका उपाध्यक्ष सोनाम लामाले महाधिवेशनका लागि विभिन्न देशबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी रहेको बताए । महाधिवेशनले संस्थालाई विधि र विधान अनुसार अघि बढ्न प्रेरित गर्ने उनले  बताए । ‘संस्था भयो भने हामी सबै हुने हो । हामी संस्था फुटाउने पक्षमा होइन, जोड्ने पक्षमा छौं,’ उनले भने

गत अक्टोबर २०२१ मै हुनुपर्ने महाधिवेशन प्रतिनिधि सम्बन्धी विवाद भएकाले पटक-पटक सरेको थियो ।

Previous articleजीवनको ‘क्लोज-अप’मा ६१ पात्र
Next articleआर्सनल अन्तिम चारमा

Leave a Reply