नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै युएई

490
criket

काठमाडौं, ४ चैत

विश्वकप क्रिकेट लिग-२ एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले पीएनजीलाई दुई विकेटले हराएको थियो ।

युएईसमेत लगातार दोस्रो जित निकाल्ने योजनामा  छ। उसले पहिलो खेलमा पीएनजीलाई नै सात विकेटले पराजित गरेको थियो । हालसम्म नेपाल र युएई एकदिवसीय अन्तर्राष्ट्रियमा चारपटक आमने-सामने भएका छन् । जसमा नेपाल र युएई दुवैले समान दुईपटक जित हात पारेका छन् ।

लिगमा युएई १५ खेलमा आठ जित निकाल्दै १८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल भने नाै खेलमा १० अंक जोडेर  छैटौं स्थानमा  छ ।

Previous articleहिमपातले कर्णालीको विकास खर्चमा अवरोध, कर्मचारी र सेवाग्राही जोखिम मोलेर खटिनुपर्ने
Next articleस्थानीय चुनाव आचारसंहिताप्रति जनप्रतिनिधिको मिश्रित प्रतिक्रिया, सच्याउन माग

Leave a Reply