थपिए ८२ कोरोना संक्रमित

362

देशभर थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ८२ जनामा संक्रमण पुष्टि भएको हो।
६ हजार १७५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

४ हजार ७९० जनाको पिसिआर गर्दा ४१ र १ हजार ३८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै देशभर ४ हजार ५७४ जना सक्रिय संक्रमित छन्।
२१३ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

Previous articleविपद्का ११ वर्षः १४ हजारको मृत्यु, १२ सय बेपत्ता र नाै खर्बभन्दा बढी आर्थिक क्षति
Next articleमहोत्तरीका ८० प्रतिशत पालिकामा जित्छौँ : सभापति यादव

Leave a Reply