पीएनजीले टस जित्यो, नेपाल बलिङमा

348
criket

काठमाडौं, २ चैत

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस हारेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)को शारजहाँमा नेपालले टस हारेसँगै बलिङ गर्नेछ । पीएनजीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

नेपाल पीएनजीलाई हराउँदै शृंखलामा सुखद् सुरूवात गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ ।

नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दै छ ।

नेपालले यसअघि पीएनजीविरुद्ध खेलेको दुवै एकदिवसीय आफ्नो पक्षमा पारेको छ ।

शृंखलाअघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो  । तीन खेल जित्दा एकमा हार व्यहाेरेकाे छ ।

लिग-२ मा नेपालले आठ खेलमा आठ अंक जोडेर छैटौं स्थानमा छ । अंकविहीन पीएनजी १३ खेल खेल्दै पुछारमा  छ ।

Previous articleआजको विदेशी मुद्राको विनिमय दर
Next articleविश्व किर्तिमानी निर्मल पूर्जालाई बेलायतमा सम्मान

Leave a Reply