भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

470

काठमाडौं, १ चैत

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

ती किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका–६ पुरानोठिमी बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Previous articleरसुवामा आधारभूत अस्पताल निर्माण कतै सुरु, कतै जग्गा प्राप्तिमा समस्या
Next articleचीनमा फेरि कोभिडको त्रासः ३ करोड मानिस लकडाउनमा

Leave a Reply